अन्नपूर्ण पदमार्ग खुल्यो

- समय सन्दर्भ

हिमपातले डेढ महिनादेखि अवरुद्ध विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । मनाङबाट थोराङला (५,४१६ मि. उचाई) पास गरेर पर्यटक जान थालेका छन् ।


पदमार्ग खुलेसँगै पर्यटकीय चहलपहल बढेपछि व्यवसायी खुसी भएका छन् । माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले डेढ महिनादेखि पर्यटक आगमन शून्य जस्तै देखिएकोमा बाटो खुलेपछि चहलपहल बढेको बताउनु भयो । माघ ९ गतेदेखि परेको हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गको मनाङस्थित दानाक्युदेखि मुस्ताङको मुक्तिनाथसम्म बाटो अवरुद्ध थियो ।
बीचमा हिमपात रोकिँदा फेब्रुअरी ४ र ५ बाहेक डेढ महिनासम्म पर्यटकले थोराङला पास नगरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताउनु भयो ।
उहाँका अनुसार सोमबार १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेका छन् । मंगलबार १६ जना पर्यटकले पास गरेको उहाँले बताउनुभयो । ‘हिमापातका कारण पदमार्गमा हिँड्न सकिदैनथ्यो । ७ फीटसम्म हिउँ थियो । कतै हिमपहिरो गएको थियो । कति पर्यटक बीच बाटोबाटै फर्किएका थिए’ उहाँले भन्नुभयो, ‘पदमार्ग खुलेको छ । पर्यटक आउन थालेका छन् ।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले पनि पदमार्ग खुलेको र पर्यटक आगमन हुन थालेको बताउनु भयो । पदमार्ग अवरुद्ध हुँदा सयौं पर्यटक फर्किएका थिए ।
उहाँका अनुसार कतिपय पर्यटक तिमाङबाट र चामेबाट फर्किएका थिए । कतिपय भने याकखर्क पुगेर पनि फर्किएका थिए । उहाँले भन्नुभयो, ‘अहिले पदमार्ग खुलेको छ । बेंसीसहरदेखि चामेसम्मको सडक पनि खुलेको छ । पर्यटक आउन थालेका छन् । ’ उहाँले १६ जना युवालाई पदमार्ग खुलाउन खटाएको र सफल भएको बताउनुभयो । उहाँका अनुसार पर्यटकीय सिजन शुरु भएको छ । पछिल्लो एकसाताको अवधिमा मात्रै ४६० जना पर्यटक मनाङ आएका थिए । केही फर्किएका थिए । अहिले बाटो खुल्नुका साथै हिउँ पग्लन थालेपछि गन्तव्यमा जान थालेको उहाँले बताउनुभयो ।
लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal