बागलुङको पञ्चकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान

- समय सन्दर्भ

बागलुङ, कार्तिक २४ । शनिबार बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारद्वारा गरिएको परीक्षण उडान सफल भएको छ ।

बागलुङ उद्योग वाणिज्य सङ्घले पुसमा आयोजना गर्न लागेको बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको हो। धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका महासचिव नरेश कँडेलले बताउनुभयो ।

आकाशमा केहीबेर उडेपछि चालक सुनवारले धवलागिरि बहुमुखी क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराउनुभएको थियो । तर क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरणस्थलको खोजी भइरहेको छ ।

उडानका लागि प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेको चालक सुनुवारले बताउनुभयो । पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको पञ्चकोटमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

साहसिक खेलका रुपमा समेत चिनिएको प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्य महोत्सव आयोजकको छ । महोत्सव अवलोकनमा आउने दर्शक-पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । निश्चित शुल्क तोकेर उडान गराइने आयोजकले जनाएको छ ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई आउँदो पुस ११ देखि २० गतेसम्म छैटौँ बागलुङ  महोत्सवले सघाउने विश्वास लिइएको छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal