‘सुरम्य १३ एसियाली गन्तव्य’ सूचीमा नेपालको घान्‍द्रुक

- समय सन्दर्भ

काठमाडौं। नेपालको चर्चित पर्यटन गन्तव्य घान्‍द्रुक एसियाका सुरम्य १३ गन्तव्यको सूचीमा परेको छ।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम सिएनएनले तयार पारेको उक्त १३ सुरम्य गन्तव्य सूचीमा घान्‍द्रुक ११औं स्थानमा परेको हो। घान्‍द्रुकले हङकङको साइ कुङ र थाइल्यान्डको फुकेटलाई पछाडि पारेको छ।

सूचीको पहिलो स्थानमा भियतनामको होइ आन परेको छ। दोस्रोमा जापानको युफुइन, तेस्रो मलेसियाको जर्ज टाउन, चौथो फिलिपिन्सको सिटी अफ भिगान र पाँचौं स्थानमा लाओसको लुआङ प्रबाङ परेका छन्।

सिएनएनले ‘ढुङ्गे गाउँ’ का रूपमा पनि चिनिने घान्द्रुक समुद्र सतहबाट २ हजार मिटर उचाइमा अवस्थित नेपालको एक हिमाली गाउँ भएको सूचीमा उल्लेख गरेको छ। प्रख्यात पर्यटन गन्तव्य पोखराबाट पाँच घण्टाको पैदल यात्राबाट मात्र घान्‍द्रुक पुग्‍न सकिने सूचीमा छ।

 

सूचीका अनुसार घान्‍द्रुकले पाहुनालाई परम्परागत घर, पहाडका टुप्पामा रहेका मठमन्दिर, घोड सवारी र संस्कृति तथा गुरुङ जीवनशैली अनुभव प्रदान गर्ने छ। त्यहाँस्थित संग्रहालयले पर्याप्त सांस्कृतिक र ऐतिहासिक महत्वको जानकारी दिइरहेको छ।

‘घान्द्रुक यस्तो गन्तव्य हो जहाँ तपाईं केही घण्टामात्रै पनि वा केही दिनसम्म बस्‍न सक्नुहुन्छ,’ सिएनएनको सूचीमा छ, ‘यहाँबाट एकै नजरमा अन्‍नपूर्ण हिमशृङ्खलादेखि माछापुच्छ्रे र हिमालचुलीजस्ता हिमाल देख्‍न सकिन्छ।’

त्यसैगरी सूचीको छैठौं स्थानमा कम्बोडियाको कम्पोट, सातौं इन्डोनेसियाको कोटागेदे, आठौं श्रीलङ्काको गल्ले, नवौं चीनको झुझुआङ, दसौं भारतको मलिन्‍नोङ, ११औं नेपालको घान्‍द्रुक, १२औं हङकङको साइ कुङ र १३औं स्थानमा थाइल्यान्डको फुकेट परेका छन्।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal