रोल्पामा नेपालकै अग्लो भ्यू–टावर निर्माण हुँदै

- समय सन्दर्भ

रोल्पा, भदौ ९ । रोल्पाको सातदोबाटो नजिकैको लेकमा नेपालकै अग्लो भ्यू–टावर बन्ने भएको छ । रोल्पा नगरपालिकाले गौरवको योजना अन्तर्गत नगरपालिकाको ३ नम्बर वडामा पर्ने सात्दोबाटो नजिकैको लेकमा नेपालकै सबैभन्दा अग्लो भ्यू–टावर बनाउन सुरु गरेको हो ।

१ सय १० फिट उचाइ रहने भ्यू टावर अबको दुई वर्ष भित्र बनाई सक्ने नगरपालिकाको योजना रहेको छ । ५ करोड बढी लगानीमा निर्माण हुने भ्यू टावरको ऊर्जा जलस्रोत तथा सिँचाइँ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका छन् ।

भ्यू टावरको शिलन्यास गर्दै मन्त्री पुनले सबैभन्दा धेरै सम्भावना बोकेको पर्यटन क्षेत्र भएकाले यस्ता पूर्वाधारले पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। उनले भने ‘पर्यटनमार्फत रोजगारीको श्रृजना गर्न सकिन्छ ।’

समुद्री सतहबाट करिब २३ सय मिटर उचाइमा रहेको यो लेकबाट मौसम सफा रहेको बेला धौलागिरी, अन्नपूर्ण, सिस्ने हिमाल हेर्न सकिन्छ । आउँदो २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको नगरपालिकाले यो भ्यू टावरलाई नेपालकै अग्लो बनाउने बताएको छ ।

फोटो: माधवकुमार ओली

पर्यटन प्रवर्द्धनका लागि यसअघि नै युद्ध पर्यटन, रक गार्डेन जस्ता नयाँ अवधारणा ल्याएको रोल्पा नगरपालिकाले फेरी नेपालकै अग्लो भ्यू टावर निर्माण कार्य सुरु गरेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal