फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने

- समय सन्दर्भ

पोखरा। नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ।

सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विकल तुलाचनले दिनानुदिन प्रदूषित र साँघुरिँदै गएको फेवातालको संरक्षण गर्दै खाना, संस्कृति र सङ्गीतलाई जोड्न महोत्सव गर्न लागिएको बताउनुभयो।

महोत्सवमा देश विदेशमा प्रवद्र्धनका लागि छानिएका परम्परागत नेपाली खानाको प्रस्तुतिका साथै सांस्कृतिक झाँकी प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, प्रसिद्ध कलाकारबाट पप कन्सर्ट, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति, पर्यटक दौड प्रतियोगिताका साथै लोक दोहोरीका कार्यक्रम सञ्चालन हुनेछन्।

महोत्सव सम्पन्न गर्न सङ्घका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ। महोत्सवकै प्रचारका लागि सङ्घले काठमाडौँ, जनकपुर, चितवन, लुम्बिनीजस्ता प्रमुख शहरमा चाँडै नै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ। महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal