लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

- समय सन्दर्भ

थाईल्याण्डमा जारी महिला टि – २० स्म्यास क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश गरेको छ।

तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। युएईले दिएको १ सय ६ रनको लक्ष्य नेपालले ६ बल बाँकी छदा ४ विकेट गुमाएर भेट्टाएको थियो। लगातार तेस्रो जितसहित ६ अंक जोडेको नेपाल समुह ए बाट एक खेल अगावै अन्तिम चारमा प्रवेश गरेको हो।

सिता रानामगरले ३७ रनको पारी खेल्दै नेपालको जितको आधार तय गरेको थिइन्। ३५ बलमा उनले ४ चौका प्रहार गरिएन्। यस्तै अर्की ओपनर काजल श्रेष्ठले २५ रन जोडिन्।

यस्तै नेपाली इनिङ्समा इन्दु बर्माले १३, रुविना क्षेत्रीले १०, डोली भट्टले ७, र नेरी थापाले ६ रन जोडिन।

त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर ब्याटिङमा उत्रेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय रन ५ बनाएको थियो। उसका लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ तथा इशा ओझाले २८ रन जोडिन।

नेपालका लागि करुणा भण्डारी,सोनु खड्का र सिता राना मगरले समान १–१ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार थाइल्यान्ड एसँग खेल्ने छ ।

थाइल्याण्ड क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता १८ तारिखसम्म चल्नेछ। प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्याण्ड, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबिया प्रतिस्पर्धा गर्दैछन्।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal