अन्तिम समयमा च्यासललाई पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा

- समय सन्दर्भ

च्यासल युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा थ्रीस्टारका लागि रुपेश केसीले निर्णायक गोल गरेका थिए।

खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्रीस्टारका लागि रुपेश केसीले निर्णायक गोल गरेका थिए। सुनील बलको क्रसमा रुपेशले हेडर गोल गरेका थिए।

थ्रीस्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काक्करभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउने छ।

यस्तै विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्। मंगलबार हुने अन्तिम क्वार्टर फाइनलमा सीएमजी क्लब संकटा र क्यामरुनको दाफिनास एफसी भिड्नेछन्।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal