हरभजन सिंह र इमरान ताहिरको स्पिनले चेन्नइ सुपर किंग्सद्वारा रोयल च्यालेन्जर्स बेंगलोर पराजित

चेन्नई। हरभजन सिंह र इमरान ताहिरको शानदार उत्कृष्ट बलिङको दममा चेन्नई सुपर किंग्सले आईपीएलको पहिलो म्याचमा रोयल च्यालेन्जर्सलाई ७० रनमा समेटेर जित हात पारेको छ। विराट कोहलीले कप्तानी सम्हालेको बेंगलोरको पुरै टिम १७.१ ओभरमा पभेलिएन फर्कियो। यो स्कोर आईपीएलको अहिले सम्मको छैठौ न्युनतम स्कोर हो ।

जबाबी ब्याटिङमा आएको तीन पटकको बिजेता चेन्नईलाई पनि लक्ष्य पछ्याउन सजिलो भने भएन । १७.४ ओभरमा आएर चेन्नईले जित हासिल गर्न सक्यो। सिनियर अफ स्पिनरले चिनिने हरभजन सिंहले २० रन दिएर ३ विकेट लिए। इमरान ताहिरले ३ ओभरमा ९ रन  दिएर ३ विकेट चटकाए । स्पिनर अनुकूलको पिचमा रविंद्र जडेजाले पनि ४ ओभरमा १५ रन दिएर २ विकेट लिए ।

चेन्नईकालागि, सुरेश रैनाले मात्र १९ बनाए पनि आईपीएलमा भने उनको ५००० रन पुरा भएको छ।यो आँकडा छुने उनि टूर्नामेंटको पहिलो खेलाडी हुन ।

चेन्नईका कप्तान महेंद्र सिंह धोनीले हरभजनलाई  बलिङ गराउने निर्णय सही साबित हुन गयो, जसले विपक्षी कप्तान कोहलीलाई ६ रन मै चौथो ओभरमा पभेलिएन फर्काए । यस पछी राम्ररी उक्सन सकेन ।

पिचको गति बुझेर हरभजनले आफ्नो बलको लेन्थ कम गरेर ब्याट्सम्यानहरु लाई आच्छुआच्छु पारे।

कोहलीले खराब पूल शट खेले र मिडविकेट सीमामा जडेजाद्वारा क्याच आउटको शिकार भए । एबी डिविलियर्स ९ , शिमरोन हेटमायेर ० शुन्यमा आउट भए ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal