गुरुको जन्मदिनमा नेपाली फुटबल चेलीहरुको जित उपहार

मोरङ– नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्काले आफ्नो ४४ औँ जन्मदिन टोलीको जितका साथ मनाएका छन्।

मंगलबारदेखि विराटनगरमा सुरु भएको साफ महिला च्याम्पियनसीपको पाँचौ संस्करणमा खड्काको प्रशिक्षणमा रहेको नेपाली टोलीले उद्घाटन खेलमा भुटानलाई ३-० गोलले हराएर गुरुलाई जित उपहार दिएका हो।

जित हात पारेपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले नेपाली टोली जितको हकदार भएको बताए। प्रशिक्षक खड्काले जितका लागि खेलाडीहरुको मेहनतको प्रशंसा गरे। विगतको साफमा भूटानविरुद्धको लय यसपटक नदेखिएकोमा उनले मौसमलाई केही हदसम्म दोष दिए। खड्काले शनिबार बंगलादेशविरुद्ध हुने  खेलमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। बंगलादेशविरुद्धको खेलपनि प्रतिस्पर्धात्मक हुने बताएका खड्काले खेलाडीहरुमा जितको भावना रहेको उल्लेख गरे।

खेल पश्चात भुटानका प्रशिक्षक जाइ लिले हारको दोष आयोजकमाथी लगाए। आयोजकद्धारा होटल व्यवस्थापन उचित गर्न नसक्दा सोमबार अभ्यास खेल समेत खेल्न नपाएको उनको गुनासो थियो। उनले नेपाली टोलीको खेल स्तरीय रहेको बताए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal