नेयमारलाई भित्र्याउन ३५ करोड युरो तिर्न रियल तयार

खराब दौरबाट गुज्रिरहेको रियल म्याड्रिडलाई पुनः लयमा फर्काउन क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा ब्राजिलियन स्टार नेयमारलाई भित्र्याउने तयारी गरेका छन् ।

पीएसजीका स्टार खेलाडीलाई अहिलेसम्मकै महङ्गो ग्यालिक्टोका रुपमा भित्र्याउन पेरेजले तयारी गरेको स्पेनिस पत्रिका स्पोर्टले दाबी गरेको छ ।

पत्रिकाका अनुसार रियल नेयमारका लागि ३५ करोड युरो खर्च गर्न तयार रहेको छ । यसका लागि क्लबले नेयमारसँग छलफल पनि शुरु गरिसकेको बताइएको छ ।

आफ्नै घरेलु मैदानमा एक हप्ताको अन्तरालमा बार्सिलोना र आयाक्ससँग लिग, कप र च्याम्पियस् लिगमा लज्जास्पद पराजय बेहोरेपछि परेज पुनः आफ्नो ग्यालेक्टिको नीतिमा फर्कन लागेका हुन् ।

क्रिस्टियानो रोनाल्डो क्लब छाड्न दिएपछि पेरेजको क्लबमा चर्को आलोचना भइरहेको छ । त्यसलाई शान्त पार्न पनि पेरेजले यो कदम चाल्न लागेको बताइएको छ ।

यो स्थानान्तरण सफल भए कुनै पनि खेलाडीका लागि खर्च गरिएको सर्वाधिक रकम हुनेछ । त्यस्तै, प्रत्येक सिजन तलबका रुपमा नेयमारले ४.५ करोड युरो प्राप्त गर्ने बताइएको छ । जसले उनलाई विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी पनि बनाउने छ ।

नेयमारलाई २२.२ करोड युरो खर्च गरेर पीएसजीले क्लबमा भित्र्याएको थियो । उनको क्लबमा अझै पनि तीन वर्षको करार रहेको छ ।

समाचारका अनुसार उनले रियलसँग ५ वर्षको करार गर्ने छन् ।

यसअघि रियलले कायलिन एम्बाप्पेलाई क्लबमा भित्र्याउने प्रयास गरेको बताइएको थियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal