म्याराडोना बने ८ सन्तानका पिता

- समय सन्दर्भ

अर्जेन्टिनाका फुटबल लेजेण्ड डिएगो म्याराडोना ८ सन्तानका पिता बनेका छन् । उनले क्युवाबाट तीन बालबालिका एडप्ट्ड गरेका छन् । म्याराडोनाले क्युवाका तीन बालबालिकाको अभिभावकत्व लिएको उनका वकिलले पुष्टि गरेका छन् ।

विश्वकप विजेता ५८ वर्षका म्याराडोनाले यसअघि एकपटक पूर्व श्रीमतीसँगका सन्तान बाहेक अरु सन्तान नहुने बताएका थिए । म्याराडोना सन्तान एडप्ट्ड गर्नका लागि हवाना गएको र यो वर्षको अन्त्यतिर आफ्ना थप भएका तीन सन्तान सार्वजनिक गर्ने वकिल मातिएस मोर्लाले बताएका छन् ।

दुई आमाबाट जन्मिएका बालबालिकाले म्याराडोनाको नाम जोड्न पाउने छन् । कोकिनको लत छुटाउने क्रममा म्याराडोनाले सन् २००० देखि २००५ सम्म धेरै समय क्युवामा बिताएका थिए । त्यस क्रममा उनी तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोका साथी बनेका थिए । म्याराडोनाले क्यास्ट्रोको अनुहारको ट्याटु आफ्नो गोडामा बनाएका छन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal