आइसीसीले परिवर्तन गर्‍यो नियम-सुपर ओभरमा बराबर भए अब बाउन्ड्री काउन्ट नहुने

- समय सन्दर्भ

लन्डनमा सम्पन्न विश्वकप क्रिकेटको फाइनलमा बाउन्ड्री गणना गरेर विजेता घोषणा गरेको विषयमा चर्को आलोचना भएपछि आइसिसीले नियममा केहि परिवर्तन गरेको छ।

लर्डसमा भएको विश्वकप फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दुवैले निर्धारित ५० ओभरमा २४१ को बराबर रन बनाएपछि सुपर ओभर खेलाइएको थियो। सुपर ओभरको खेलमा पनि दुवैले १५/१५ रनको बराबरी गरेपछी  ‘बाउन्ड्री काउन्ट’द्वारा इंग्ल्यान्डलाई विजेता घोषित गरिएको थियो ।

खेलमा इंग्ल्यान्डले २६ र न्युजिल्यान्डले १७ बाउन्ड्री हानेका थिए। विश्वकपको फाइनल खेल सुपर ओभरमा गएको यो पहिलोपटक थियो।

नयाँ नियम अनुसार अब टी २० र एकदिवसीयका फाइनल र सेमिफाइनलमा सुपर ओभरको खेल पनि बराबरी भएमा कुनै एक टिमले बढी रन नबनाएसम्म सुपर ओभर जारी रहनेछ। समूह चरणमा भने सुपर ओभर पनि बराबरी भएमा खेल बराबरीमा सकिनेछ।

आइसिसीको दुबईमा बसेको बैठक अनुसार सुपर ‌ओभरको उक्त नियम परिवर्तन गरिएको हो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal