आइपिएलको ब्राण्ड भ्यालु 2019 मा ७ प्रतिशतले बढेर ६.८ अर्ब डलर पुग्यो

- समय सन्दर्भ

इंडियन प्रिमियर लिग ( आइपिएल ) को ब्राण्ड भ्यालु २०१९ मा ७ प्रतिशतले बढेर ६.८ अर्ब डलर पुगेको छ । गत सिजनका बिजेता र उप-बिजेता, मुम्बई इन्डियन्स र चेन्नइ सुपरकिंग्सको भाउ रफ्तारले माथि चढ्दै छ ।

‘ डफ एण्ड फेल्प्स ‘ कन्सल्टेन्सी फर्मको रिपोर्ट अनुसार यो कुराको पुष्टी गरिएको हो ।

कम्पनीले बिहीवार आफ्नो रिपोर्टमा भन्यो कि शाहरुख खानको कोलकाता नाइट राइडर्स र विवादमा घेरिएका विजय माल्याको बेंगलुरुको भाउ ८ प्रतिशतले तल झरेको छ ।

स्रोत: आइपिएल

भारतीय क्रिकेट बोर्डले २००८ मा प्रिमियर T20 क्रिकेट लिगको शुरुवात गरेको थियो. जसमा कर्पोरेट क्षेत्रका ८ टिमले भाग लिएका थिए । यसको सफलता देखेर पछी अरु दुई टिमलाई पनि समावेस गरिएको थियो । तथापी विविध कारणले पछी फेरी ८ नै टिम यो लिगमा रहे, जुन यथावत चलिरहेको छ ।

मुकेश अंबानीको मुम्बई इण्डियन्स ४ पटकको आइपिएल बिजेता हो, जसको मुल्य ८.५ प्रतिशतले बढेर ब्राण्ड भ्यालु अब ८०९ करोड भारु पुगेको छ ।

यो आँकडा सँगै मुम्बई इण्डियन्स आइपिएलको सबभन्दा महँगो टिम बनेको छ । त्यस्तै इण्डिया सिमेंटको चेन्नइ सुपर किङ्सको ब्राण्ड भ्यालु १३.१ प्रतिशतले बढेर ७३२ करोड भारु पुगेर दोस्रो स्थानमा छ ।

नेपाली स्पिनर सन्दिप लामिछाने रहेको जिंदल्सको दिल्ली क्यापिटल्स यो वर्ष ८.९ प्रतिशतले बढेर ३७४ करोड भारु पुगेको छ । कोलकाता र बेंगलुरुका अलावा मिडिया मुगल मर्डोक परीवारको राजस्थान रोयल्सको ब्राण्ड भ्यालुमा पनि कमी आएको छ । गत सिजन २८४ करोड भारु रहेको टिमको भ्यालु अहिले घटेर २७१ करोड भारु पुगेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal