आयोजकलाई हराउँदै संकटा मेचीनगर गोल्डकपको सेमीफाइनलमा

झापा । आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई ४−१ गोलको अन्तरले हराउँदै झापाको काँकरभिटामा जारी मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश गरेको छ।

खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । डि बक्सभित्र पाएको पासलाई काँकडभिटाका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । २९ औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए । अर्का बिदेशी खेलाडी इकेन क्रिस्टियनको क्रस पासमा हेड मार्फत गरेको प्रहारले जाली चुम्न पुग्यो ।

४४ औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । क्रिस्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गरेको प्रहार काँकडभिटाका गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । ५५ औ मिनेटमा क्रिस्टियनले गोल गरे ।  विपक्षी मैदानको मध्यभागमा अनमार्क रहेका क्रिस्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले डि बक्स नजिकैबाट गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले सान्त्वना गोल फर्काएका हुन् ।

खेल अवधिभर काँकडभिटाबिरुद्ध हावी भएको संकटाले विपक्षी पोष्टमा एक दर्जन जति प्रहार गरेको थियो । ९ मिनेटमा संकटाका सुवास गुरुङले वान भर्सेस वान गोल गर्न सकेनन् । १० मिनेटमा डि बक्स नजिकै पाएको फ्रि किकलाई लक्ष्मण रुचालले गरेको प्रहार पोष्टमा लागेर बाहिरियो । ४३ औं मिनेटमा सुवासको पासमा गुरुङले गोल गर्न सकेनन् ।

खेलको ३० औं मिनेटमा काँकडभिटाका बिमल घर्तीमगरले बिपक्षी गोलरक्षक बीट भइसकेको अवस्थामा गरेको प्रहार आकासियो । ७४ औ मिनेटमा डि बक्सभित्र अनमार्क रहेका दिलेन लोक्तामले गोल गर्ने अवसर गुमाए ।

खेलको म्यान अफ द म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ । प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal