राजस्थानद्वारा हैदरावाद ३ विकेटले पराजित

भारतमा जारी आईपीएलमा शनिबार भएको खेलमा राजस्थान रोयल्स विजयी भएसँगै प्लेअफ दौड रोमाञ्चक भएको छ । जयपुरमा शनिबार राजस्थानले सनराइजर्स हैदरावादलाई ३ विकेटले हरायो । जितपछि राजस्थानको १२ खेलबाट १० अंक भएको छ । जितपछि राजस्थानले प्लेअफ दौडमा आफुलाई कायम राखेपछि सबै टिमका लागि प्लेअफको दौडा खुला नै रहेको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले राजस्थानलाई १६१ रनको लक्ष्य दिएको थियो । हैदरावादले सो लक्ष्य ७ विकेट गुमाएर १९ ओभर १ बलमा भेटायो । राजस्थानको जितमा सन्जु सामसनले विजयी चौका प्रहार गरे । उनले नटआउट ४८ रन बनाए । यस्तै अजिंक्या रहाणेले ३९ रन बनाए भने आईपीएलमा पहिलो खेल खेलिरहेका लिभिगेस्टोनेले ४४ रनको योगदान दिए । कप्तान स्टिभ स्मिथले २२ रन बनाए । लगातार ५ टि ट्जान्टीमा शून्यमा आउट भएका एस्टन टर्नर ३ रनमा नटआउट रहे ।

हैदरावादका शकिब अल हसन, राशिद खान र खलिल अहमदले १–१ विकेट लिए ।

यसअघि मनीष पाण्डेले ६७ रन बनाएपछि हैदरवादले ८ विकेटमा १६० रन बनाएको थियो । हारसँगै हैदरवादको प्लेअफ दौड कमजोर बनेको छ । राजस्थानको अंक तालिकामा १० अंक भएको छ ।

अंकतालिको शीर्षमा रहेको चेन्नई सुपरकिंग्सको १६ अंक छ भने दोस्रो तेस्रो स्थानमा रहेका मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सको १४–१४ अंक छ । यस्तै राजस्थानलगायतका तीन टिमको १० अंक छ ।

हैदरावाद र किंग्स एलेभेन पञ्जावको पनि १०–१० अंक छ । यस्तै कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुको ८–८ अंक छ । राजस्थानको जितले चेन्नई सुपर किंग्सको प्लेअफ प्रवेश भने पक्का भएको छ ।

अब बाँकी तीन स्थानका लागि ७ टीमबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र मुम्बईको सम्भावना बलियो छ भने अन्य टिमको अवस्था आगामी सबै खेल जित्नुपर्ने देखिन्छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal