सर्वाधिक विकेट लिने खेलाडी बने सन्दिप लामिछाने: दिल्ली क्यापिटल्स भर्सेस किङ्स इलाभेन पंजाब

शनिबार आइपिएलको ३७ औं संकरण अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पंजाबबिच दिल्लीको फिरोज साह कोटला मैदानमा रोमाञ्चक भिडन्त भयो।

टस जितेर फिल्डिङ रोजेको दिल्लीले पाएको १६४ रनको लक्ष्य ५ विकेट गुमाएर प्राप्त गर्‍यो।

अघिल्ला २ म्याचमा टिममा सामेल नगराइएका सन्दिप लामीछानेले आज वापसी गरे।

शनिबार भएको खेलमा दोस्रो ओभरमा बलिङका लागी आएका उनलाई पहिलो बलमै के एल राहुलले छक्का ठोके। दोस्रो बल डट रह्यो भने तेस्रोमा फेरी राहुलले चौका हाने। तर चौथो बलमा राहुललाई पभेलियन पठाउदै सन्दिपले आफ्नो विकेट लिने सिलसिलालाई जारी राखे।

चौथो ओभरमा भने उनको सामना कृस गेलसँग हुन गयो। जसमा गेलले ४ चौका ठोकेर १६ रन बटुले।

त्यस पछी उनि एकै पटक १३औं ओभरमा आए जुन बेला गेल आफ्नो उत्कृष्ट लयमा थिए। सन्दिपको पहिलो बलमै गेलले छक्का लगाए। तर दोस्रो बलमा उनि सन्दिपको शिकार भएरै छाडे। अन्तत: दिल्लीका लागी घातक हुँदैं गएका गेललाई सन्दिपले अक्सर पटेलद्वारा क्याच आउट गराए। यद्दपी यो मामलामा भने उनलाई भाग्यले साथ दिएकै हो। गेलले ठोकेको शटलाई इनग्रामले बाउन्ड्री लाईनमा क्याच गरी बल पटेलतिर फ्याकेर आफु लाईन बाहिर हुत्तिए। यो क्याच जारी आइपिएलकै उत्कृष्ट क्याच मध्यको एक मानीएको छ। सन्दिपले यही ओभरको अन्तिम बलमा साम करनलाई आफैले क्याच आउट गराएर तेस्रो विकेट हात पारे।

त्यस पछी पन्ध्रौ ओभरमा आएका उनले एक चौका सहित ७ रन दिए।

४ ओभरमा ४० रन दिए पनि सर्वाधिक ३ विकेट लिने खेलाडी भने सन्दिपनै रहे। टुर्नामेंटमा ‘स्टाइलिस प्लेयर अफ द म्याच’ समेत बनेका उनले लिएको महत्वपुर्ण विकेट नै दिल्लीको जितको कारण बन्न गयो। के एल राहुल र कृस गेल जस्ता महत्वपुर्ण विकेट लिए सन्दिपले, त्यसमा पनि दिल्लीको टाउको दुखाइ बनी रहेका गेलको विकेटले  दिल्लीको जितलाई सहज बनाएकै हो। सन्दिपको इकोनोमी रेट भने १० रह्यो।

फोटो: आइपिएल

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal