जारी आठौं राष्ट्रीय खेल्कुदमा महिला क्रिकेटतर्फ प्रदेश १ र २ को विजयी सुरुवात

- समय सन्दर्भ

दाङ, बैशाख ४ । आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको लमहीमा संचालित महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नं २ ले विजयी सुरुवात गरेको छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर व्याटिङ्ग गर्ने सुनौलो अवसर पाएको ५ नं प्रदेश १५ दशमलव २ ओभरमा अलआउट हुदै ७० रन बनाउन सफल भयो ।

जसमा सरस्वती पुनले १८, सरस्वती जिएम र लक्ष्मी चौधरीले समान १५÷१५ रन जोडे । बलिङ्ग तर्फ प्रदेश १ कि रश्मि शर्मा चौलागाइले ३ ओभरमा १ मेडन ओभर सहित १२ रन खर्च गरेर ४ विकेट लिइन । सवनम राइले ३ ओभर २ वलमा ९ रन खर्चेर ४ विकेट लिइन । रुविना क्षेत्रि र भिग्मा तामाङले समान १÷१ विकेट लिए ।

७१ रनको लक्ष्य पच्छ्याएको प्रदेश १ ले १४ दशमलव ५ ओभरमा आफ्ना ३ विकेटको क्षतिमा ७४ रन लिएर ७ विकेटले जित हासिल गरेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिए । जसमा रोमा थापाले ३१ बलमा सर्वाधिक २३ रन जोड्न सफल भइन । यस्तै अब्सरी वेगम २१ वलमा १५ र काजल श्रेष्ठले १४ वलमा १२ रन जोडे ।

वलिङ तर्फ प्रदेश ५ बाट कप्तान नेरी थापाले ४ ओभरमा ११ रन खर्च गरेर २ विकेट लिइन । खेलमा प्रदेश १ कि रश्मि शर्मा चौलागाइ म्यानअफद म्याच घोषित भइन् । उनले पहिलो खेलमा १५ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा ह्याट्रिक विकेट लिन सफल भईन ।

यसैगरी बुधबार सम्पन्न दोस्रो खेलमा २ नं प्रदेश ६२ रनले बिजय भएको छ । लमही क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६२ रनले हराउदै प्रदेश नम्बर २ बिजयी भएको हो । टस जितेर गण्डकी प्रदेशले फिल्डिङ रोजेको थियो । प्रदेश नम्बर २ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाउन सफल भयो ।

कप्तान सरस्वती चौधरीले २६ वलमा ३१ रन जोडिन । यस्तै आरति चौधरीले १६ वल खेलेर १७ रन जोडिन ।
वलिङ्ग तर्फ गण्डकी प्रदेशकी शिला रेग्मी, एलिसा लामिछाने र सामना पुनले समान २÷२ विकेट लिए । १ सय ३६ रनको विजयी लक्ष्य पच्छ्याउदै मैदान प्रवेश गरेको गण्डकी प्रदेशले २० ओभरमा आफ्ना ८ विकेटको क्षतिमा ७३ रनमा सिमित बन्न पुग्यो ।

सृष्टि पौडेलले ४२ वलमा सर्वाधिक ३० रन, शिला रेग्मीले १८ वलमा १४ रन जोडिन । प्रदेश नम्बर २ कि सरस्वती चौधरीले ४ ओभरमा १ मेडन ओभर फाल्दै १३ रन खर्चिएर ४ विकेट लिइन् । गोमा आलेले ३ ओभरमा १८ रन खर्चिएर २ विकेट लिइन । प्रदेश २ कि सरस्वती चौधरी युमन अफ द म्याच घोषित भइन ।

भोलीको खेल बिहान प्रदेश नम्बर १ र २ का बिचमा र दिउसो एपीएफ र प्रदेश ७ का बिचमा हुने छ । यो प्रतियोगितामा कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेश र एक विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ गरि ७ टिमले भाग लिएका छन् ।

-फरककोण

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal