अन्तत: लिएरै छाडे सन्दिप लामिछानेले विकेट

- समय सन्दर्भ

आइपिएलको १६औं संस्करणमा सनराइजर्स हैदराबाद भर्सेस दिल्ली क्यापिटल्स बिच भएको खेलमा सन्दिप पहिलो ओभरमै बलिङका लागी आएका थिए।

पहिलो ओभरमा १ चौका सहित ६ रन दिए। तेस्रो ओभरमा जोनी बेरस्टवले १ छक्क र १ चौका ठोके र पाचौ बलमा वार्नरलाई एलबी डव्लुको अपिल गरेपनि उनि नटआउट रहे।

व्यक्तिगत तेस्रो तथा ९ औ ओभरमा भने किफायती बलिङ गरेर जम्मा ५ रन दिए।

१६ औ ओभरमा  उनले १ चौका सहित ८ रन दिएर अन्तत: एक विकेट लिएर आफ्नो जारी आइपिएलमा विकेट लिने सिलसिलालाई कायमै राखे।उनले दिपक हूडालाई कसिगो रबाडाबाट क्याच आउट गराए।

सनराइजर्स हैदराबाद विरुद्धको खेलमा केहि महंगा साबित भए पनि आफ्नो साख भने जोगाउन सफल भए । ४ ओभरमा ३२ रन दिएर १ विकेट झारेका सन्दिपको इकोनोमी भने ८ रह्यो।

दिल्लीका तर्फबाट आज राहुल तेबतियाले उत्कृष्ट प्रदर्शन गरे। उनले ३ ओभरमा १० रन दिएर १ विकेट लिए। आज कप्तान श्रेयस अय्यर र अक्सर पटेल बाहेक दिल्लीका कोही ब्याट्सम्यान चल्न सकेनन। अय्यरले ४३ र पटेल अविजित २३ रहे। यद्दपी हैदराबादका ब्याट्स्म्यान कसैले पनि अर्धसतकको आँकडा भने छुन सकेनन। जोनी बेरस्टव ४८ र  मोहम्मद नाबी १७ नटआउट रहे। यो सिजनका अहिले सम्मका अरेन्ज क्याप होल्डर डेविड वार्नर पनि १० रनमै कसिगो रबाडाको बलमा कृस मोरिसद्वारा क्याच आउट भए।

सबैको नजरमा रहेका ऋषभ पंतले आज पनि निरास पारे। उनको खेल बिर्सना लायकको थियो। ७ बलमा ५ रन मात्र बटुलेर पवेलियन फर्किएका उनि मोहम्मद नाबीको बलमा दिपक हुडाबाट क्याच आउट भए।

म्याचमा हैदराबादले दिल्लीद्वारा प्रस्तुत १३० रनको लक्ष्य १८.३ ओभरमा ५ विकेट गुमाएर प्राप्त गर्‍यो ।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal