सामूहिक चेतना अभिवृद्धिका लागि विश्वभर एकसाथ सामूहिक भावातीत ध्यान

- समय सन्दर्भ

काठमाडौँ । सामूहिक चेतना अभिवृद्धिका लागि आज बेलुकी छ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ ।वैदिककालमा गुरु–चेला रम्पराबाट चल्दै आएको यो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गर्नुभएको थियो । भावातीत ध्यान आज बेलुकी ५बजेदेखि महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।

विश्व शान्तिका लागि विश्भर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

विश्वका करीब एक करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूल अनुसार दुईपटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेला बेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकूल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा बेलुकी ५ बजेदेखि ध्यान, ५ बजेर २० मिनेटदेखि सिद्धि सुत्र अभ्यास गरिदै आएको फाउण्डेसनले जनाएको छ ।

भावातीत ध्यान सिकेका साधकले नजिकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुनसक्ने अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्नसक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिनुभएकाले उहाँका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गर्नुभएको हो । (रासस)

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal