विद्यार्थीद्वारा राउटेलाई चामल सहयोग

तुलसीपुरको ज्ञानदीप कलेजका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले पैसा संकलन गरेर सामाजिक काममा लगाएका छन् । कलेजका विसिए कार्यक्रम अन्तर्गत चामलको अभावमा भौकै बस्ने राउटे समुदायलाई सहयोग गर्न भन्दै विद्यार्थी दाङदेखि चामल वोकेर सुर्खेत पुगेका हुन् ।

चामल टेम्पोबाट झार्ने वित्तिकै मध्यान्हको समयमा टेन्ट मुनि वसिरहेका राउटेहरु चालम लैजानका लागि घेरा मारेर भेला भएका थिए । चामलको अभावमा धेरै दिनदेखि आधा पेट खान वाध्य राउटेले चामल दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । साना वालवालिकाले समेत आफ्नै भाषामा हात जोडेर स्वागत गरेका थिए ।

‘केही नपाएर भोकै वसेका थियौ, वल्ल खान पाइने भो’ राउटे सुर्यनारायण शाहीले खुसी व्यक्त गरेका थिए । उनले दुइ दिन अगाडी मात्रै वस्ती सारेकाले खानको अभाव भएको वताए । ‘तपाईहरुले चामल ल्याइदिए पछि अब हाम्रा वालवच्चा खुसी हुने भए’ शाहीले भने ।

राउटेहरुले खान नपाएको समाचार थाहा पाएर उनीहरु सहयोग लगेर त्यहाँ पुगेको विद्यार्थी साया महर्जनले वताइन् । उनले राउँटेहरुको जीवन शैलीको वारेमा पनि थाहा पाउन आफुहरु त्यहाँ पुगेको बताइन ।

सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर १ जहरे सुर्खेतमा राउँटेहरु वसकै ठाउँमा पुगेर विद्यार्थीले १० क्विन्टल चामल सहयोग गरेका थिए । त्यो उनीहरुले सामुहिक रुपमा संकलन गरेका थिए ।

समाजशास्त्र विषय अन्तर्गत कलेजले विद्यार्थीहरुलाई हरेक सेमेस्टरमा सामाजिक कामहरुमा अग्रसर गराउने कलेजका मानविकी संकाय संयोजक शरद गौतमले वताए । कितावका कुरा मात्रै भन्दा पनि विद्यार्थीहरुलाई फिल्ड मै गएर अध्ययन गराउनका लागि कलेजले व्यवहारिक ज्ञान दिन यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।

राउँटे वस्तिमा पुगेर विद्यार्थीले कसरी सफा रहने र शिक्षाको महत्व के छ रु भन्ने वारेमा जानकारी समेत दिएका थिए । शिक्षक वसन्त आचार्यले राउँटेको साँंस्कृतिक पक्षका वारेमा चर्चा गरेका थिए ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal