देवदहमा युवकको हत्यामा संलग्न भएको आशंकामा पाँच युवा पक्राउ

- समय सन्दर्भ

रुपन्देहीको देवदह ५ खैरेनीका २० वर्षिय अनिस पुरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना युवालाई नियन्त्रणमा लिएको छ ।

आइतवार राती करिब ८ बजे स्थानीय एक युवाले पुरीलाई मोबाइलमा फोन गरी भेट गर्ने बहानामा बोलाएका थिए। उनलाई भेट्न पुगेका पुरीलाई  ९ घोडाहामा ८-१० जनाको समुहले आक्रमण गरेको थियो ।

लु ४२ प ९९८२ नम्वरको मोटरसाइकलमा सवार पुरीलाई उक्त समूहले रड, ढुंगा र चिर्पट प्रहार गरी हत्या गरेका थिए। उनीसँगै मोटरसाइकलको पछाडी बसेर गएका उनका साथी सम्राट सकुशल बचे ।

यद्यपी प्रहरीले भने मृतक पुरीको साथमा रहेका युवा र पक्राउ परेका युवाहरु कसैको पनि पहिचान खुलाएको छैन ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले घटनाको अनुसन्धान भईरहेको र अहिले ५ युवालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको भन्दै थप खुलाउन चाहेनन् ।

उक्त समुहले आक्रमण गरेपछि बच्न मोटरसाईकलमा भाग्दै आएका पुरी घटनास्थल भन्दा करिब दुईसय मिटर पर एक पेट्रोलपम्पमा पुगेपछि सडकमै ढलेका थिए । सडकमा ढलेपछि स्थानीयले उद्धार गरी तत्काल देवदह मेडिकल कलेज पुर्‍याएलगत्तै चिकित्सकले पुरीलाई मृत घोषणा गरेका थिए ।

पुरीको छातीको बायाँतर्फ २-३ वटा गहिरो चोट लागेको छ भने छातीको बिच भागमा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

अहिले पुरीको शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका युवाहरुसंग घटनाको बारेमा सोधपुछ भईरहेकोले घटनाको कारण र थप संलग्नहरु पनि छिट्टै पक्राउ पर्ने जनाएको छ ।

स्थानीयका अनुसार देवदहमा सञ्चालित व्यापार मेला स्थलमा सवारी साधन पार्किङका बिषयमा घोडाहा र खैरेनीका युवाहरुका बिचमा केहिदिन यता बिवाद भएको थियो ।

३-४ दिन यता विवाद उत्पन्न भएपनि मेला आयोजक र सुरक्षाकर्मीको सहभागितामा विवाद समाधान गरेपनि आइतवार पुनः दुवै क्षेत्रका युवाहरुका बिचमा पुन: विवाद भएको थियो ।

देवदह उद्योग बाणिज्य संघले बुद्धनगरमा संचालन गरेको व्यापार मेलामा खैरेनीका युवाहरुको हाली मुहाली चलेको भन्दै घोडाहा क्षेत्रका युवाहरु रुष्ट थिए ।

दुवै क्षेत्रका युवाहरुका विचमा को शक्तिशाली हुने भन्ने होडबाजीका कारण खैरेनी निवासी पुरीको ज्यानै गएको एक स्थानीयले बताए ।

रुपन्देहीको देवदह क्षेत्रलाई प्रहरी प्रशासनले सुरक्षाको हिसाबले संवेदनशिल क्षेत्रको रुपमा राखी सोहि अनुरुप सुरक्षा गतिविधि बढाउने गरेको पाईन्छ । नदिजन्य पदार्थ र काठ तस्करीको अखडा मानिने सो क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढ्दै गएका छन् । सो क्षेत्र अपराधको प्रमुख कारण मानिने लागु औषध दुव्र्यसनको समेत अखडा बन्दै गएको छ ।

यसअघि स्थानीय व्यवसायीहरु दुर्गा तिवारी र (बलु) भनिने बसन्त पौडेलको गोली हानी हत्या गरिएको थियो । तिवारीको २०७३ पुस ४ गते र पौडेलको ०७४ पुस २१ गते गोली हानी हत्या गरिएको थियो । पौडेल र तिवारीको हत्याको जिम्मा लिएका मनोज पुनको ०७४ फागुन ९ गते रुपन्देही प्रहरीको ईन्काउन्टरमा परी मृत्यु भएको थियो ।

आइतवारदेखि रुपन्देहीमा प्रदेशस्तरिय सुरक्षा गोष्ठि चलिरहेको र प्रदेशभरीका सुरक्षा निकायका प्रमुखहरु समेत रुपन्देहीमा भएको बखत घटेको यस्तो घटनाले सर्वसाधारणलाई झनै त्रसित बनाएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal