युरोपको फोटोकपी काठमाडौंमा

- समय सन्दर्भ

युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र मास्ट्रो सुप्रिमको काठमाडौंमा विक्री शुरु गरिएको छ । अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्री शुरु गरिएको छ । ननकोटेड कागजमा विश्व कै सर्वोत्कृष्ट कागज दावी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालीले काठमाडौं भित्राएको हो । रंगिन कोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीले दावी गरेको छ । साथै प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरिय फोटो छपाइ गर्न सकिने र १५ वर्ष सम्म राख्दा पनि कागजको गुणस्तरमा कमी नआउने कुरा कार्यक्रममा बताइएको थियो ।
फोटोकपी पेपर दराज अनलाइन मार्फत विक्री गरिने जानकारी कार्यक्रममा दिइएको थियो । शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा तथा ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal