पर्यटक आकर्षित गर्दै ढुङ्गेछाता

- समय सन्दर्भ

तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् ।
पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार पाउन थालेको छ । छातेढुङ्गामा ढुङ्गा कुँदेर छाता आकारका तीनवटा आकर्षक ठूला स्तम्भ राखिएका छन् । यो हेर्न हिजोआज टाढा–टाढाका पर्यटक आउन थालेका हुन् ।
ताप्लेजुङ, पाँचथर, इलामका साथै काठमाडौँ, पोखराका पर्यटक आउने गरेका रैथाने राजमणि थपलियाले बताउनुभयो । केही पहिलेसम्म प्रायः सुनसान हुने गरेको छातेढुङ्गामा हिजोआज
चहलपहल बढेको छ ।

यहाँ ट्याक्सी रिजर्भ गरेर दैनिक पाँचदेखि दस जनासम्म आउने गरेका वेदकुमारी थपलियाले बताउनुभयो । पर्यटकलाई चियानास्ता बेचेर राम्रो आम्दानी गर्ने अवसर मिलिरहेको उहाँले सुनाउनुभयो । पर्यटक आगमन वृद्धिले स्थानीयवासी खुसी छन् ।
यहाँका निर्मल–शिवकर्ण कङ्दङ्वा लिम्बू परिवारले कृति राख्न विक्रम संवत् १९८९ सालमा ढुङ्गे छाता बनाउनुभएको थियो । कालान्तरमा यस क्षेत्रको नामकरण पनि छातेढुङ्गा हुन गएको हो । तीनमध्ये छेउछेउका दुईवटा छाता बाटोको सुविधा पुगेपछि मेसिनले कुँदेर बनाइएको भनिएको छ ।
यसले अहिले कन्दङ्वा परिवारको मात्रै नभएर गाउँकै कृति राख्नुका साथै पर्यटक तान्न थालेको छ । यद्यपि यहाँ पर्यटकलाई सुविधा हुने पूर्वाधार धेरै छैन । यहाँ व्यवस्थित होटल, चर्पी, सञ्चार, एकैछिन वरिपरि बसेर आराम गर्ने ठाउँको व्यवस्थासमेत छैन । यसले गर्दा यहाँ आउने पर्यटक ढुङ्गाको छातासँग दुई÷चार सेल्फी खिचेर पुगेकै दिन फर्किने गरेका छन् ।
यहाँ आउने टाढाका पाहुना फिदिममा बास बस्न चाँडै फर्किहाल्ने गरेका स्थानीयले बताए । यस क्षेत्रको प्रवद्र्धनमा सम्बन्धित निकायले लगानी गरे आकर्षक पर्यटकीय केन्द्र बन्ने देखिन्छ । यहाँको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal