ढुङ्गाले हानेर युवाकाे हत्या

- समय सन्दर्भ

रुपन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ।

उनलाई ढुङ्गाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। आइतबार साँझ मोटरसाइकलमा सवार देवदह-५ का अन्दाजी २० वर्षीय अनिस पुरीलाई स्थानीय युवाहरुले ढुङ्गाले आक्रमण गरेको र आक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा सम्लग्न भएको आशंकामा एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए। आक्रमण किन र कसरी भयो भन्ने नखुले पनि दिउँसो देवदहमा आयोजित मेलामाती युवा र स्थानिय युवाबीच झगडा भएको र त्यही इगोका कारण उनीमाथि ढुङ्गा प्रहार गरिएकाे हुनसक्ने प्रहरीले आशंका गरेको छ।

आक्रमण गर्ने समूहकाे खोजी तीव्र पारिएको प्रहरीले बताएको छ। पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। छोरोको मृत्युको घटनापछि बेहोस बनेका उनका बाबुआमाकाे गौतम बुद्ध मुटु अस्पतालमा उपचार भइरहेकाे छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal