अष्ट्रेलियामा हराएकी युवतीको शव सुटकेशमा भेटियो

- समय सन्दर्भ

अष्ट्रेलियाको सिड्नीमा हराएकी एक जना महिला डेन्टिस्टको शव सुटकेशमा फेला परेको छ । अष्ट्रेलियाको प्रहरीले उनको शव फेला पारेको हो । प्रिथी रेड्डी नामकी ३२ वर्षिया ती महिला गएको आइतबारबाट हराएकी थिइन् ।

उनी दाँत सम्बन्धी विषयमा आयोजित एक सम्मेलनमा भाग लिन सिड्नीको सेन्ट लियोनार्डस्मा गएकी थिइन् । घर नआएपछि परिवारले उनको खोजी गरेको थियो । उनी आइतबार सीसीटिभीमा रातको २ः१५ बजे म्याक डोनाल्ड भित्र एक्लै बसेको देखिएको थियो ।

मंगलबार प्रहरीले उनको कार किन्सफोर्डमा पार्क गरिएको अवस्थामा भेटेको थियो । सवारी साधनमा खोज्दा त्यहाँ सुटकेशमा उनको शव फेला परेको थियो । उनको शवको धेरै स्थानमा धारिलो हतियारको चोट देखिएको छ । अनुसन्धानबाट प्रिथी मार्केट स्ट्रिटको एउटा होटलमा उनले चिनेका एक पुरुषसँग बसेकी थिइन् ।

पहिचान हुन नसकेका ती पुरुषको कार दुर्घटनामा सोमबार राति निधन भएको छ । सो दुर्घटना नियोजित हुन सक्ने प्रहरीको अनुमान छ । सो दुर्घटना प्रिथीको हत्यासँग कुनै न कुनै हिसाबले सम्बन्धित हुन सक्ने प्रहरीले जनाएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal