बर्दियामा १२ वर्षकी बालिकाले जन्माइन बच्चा

- समय सन्दर्भ

गुलरिया – बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो ।

गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । भावनाको शरीर सुन्निएर ज्वरो आएको छ । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले भावनालाई कष्टपूर्ण अवस्थामा पु¥याएको हो ।

एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारणा साँझ बिहानको छाक टार्न समेत धौधौ छ उनीहरुलाई । सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ, तर भावना आर्थिक अभावका कारण पौष्टिक आहार खानबाट समेत बञ्चित छिन् । यो समाचार यादव आर्चायले अन्नपूर्णमा लेखेका छन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal