चितवनका विभिन्न क्षेत्रमा एकदशी मेला

- समय सन्दर्भ

चितवन, कार्तिक २२  । आज बिहानैदेखि चितवनका विभिन्न क्षेत्रमा एकदशी मेला लागेको छ ।

देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो ।

बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी तोरन टाँगिएको बताउनुभयो । देवघाटमा आउने भक्तजनलाई स्नानका लागि सुरक्षित ठाउँ निर्माण गरिएको उहाँको भनाइ छ । देवघाटमा लाग्ने मेलामध्ये एकादशी मेला पनि प्रमुख हो । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको बाक्लो भीड लागेको छ ।

पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ । थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो । मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएका छन ।

यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी ब्रह्मथानमा पनि मेला लागेको छ ।

हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा-आराधना, भजनकीर्तन र व्रत बसी मनाइन्छ । व्रतालुले पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा लिने गरिन्छ। तसर्थ हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि रहेको छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal