मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा

- समय सन्दर्भ

भक्तपुर, असोज १३ । सडकमा बेसहारा रहेकालाई उद्धार गरी आश्रय दिने संस्था मानवसेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रु एक करोड सहयोगको घोषणा गर्नु भएको छ।

संस्थाको भक्तपुर कौशलटारस्थित नयाँ शाखाको  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षयकोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सहयोग गरिने जनाउनु भयो ।

फाइल फोटो

उहाले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिकामुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिदै भन्नुभयो -” मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ ।”

मकवानपुर मुख्यालय रहेको सो संस्थाले मुलुकका विभिन्न १४ स्थानका आश्रममा गरी करीब ८०० बेसहारालाई पालनपोषण गर्दै आएको छ। -रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal