छोरी शिक्षा बीमा प्रदेशको ८ वटै जिल्लामा लागू

- समय सन्दर्भ

जनकपुरधाम- मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशको ८ वटा पालिका बाट शुरु भएको छोरी शिक्षा विमा कार्यक्रम प्रदेश भरि लागु भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले आइतवार पत्रकार सम्मेलनको आयोजना गरि माघ १ गते देखि नै लागु हुने गरि ‘बेटी पढाउ बेटी बचाउ’ अन्तर्गत छोरी शिक्षा विमा प्रदेश भरिमा लागु गरिएको घोषणा गरेका छन्।

प्रदेश सरकारले यस कार्यक्रम अन्तर्गत माघ १ गते पछि जन्मिएको बालिकाहरुलाई १ लाख २५ हजारको विमा गर्ने छन्। सो विमाको लागि प्रदेश सरकारले प्रभु बैंक संग सम्झौता समेत गरि सकेको छ।

प्रदेश सरकारले नवजात बालिकाको नाउँमा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्ष पछि बैंकले बालिकालाई १ लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ। तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा विचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ।

विमाको लागि नवजात छोरीको फोटो, आमा वा बुवाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ।

छोरी विमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवक समेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ। देशभरी नै चर्चा पाएको बेटी पढाउ बेटी बचाउ कार्यक्रमको लागि संघीय सरकारले ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal