घरेलु श्रमिकको पहिचान र आइएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सुझाव

- समय सन्दर्भ

काठमाडौं– घरेलु कामदारको क्षेत्रमा क्रियाशिल चार संस्थाले घरेलु श्रमिकको पहिचान र आइएलओ महासन्धि १८९ अनुमोदन गर्न सरकारलाई सुझाव दिएका छन्।

आइतबार राजधानीमा एक कार्यक्रम गरी देशभित्र र वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारका सम्बन्धमा १० बुँदै सुझाव दिएको उनीहरुले जानकारी गराएका हुन्।

नेपाल भित्रै घरेलु श्रमिकको न्यायोचित पहिचान हुन नसक्नु, कामको रुपमा मान्यता दिन नसक्नु, घरेलु श्रमिकहरुले सामाजिक आर्थिक तथा अन्य किसिमको विकासमा पुर्‍याएको योगदानको मुल्यांकन तथा कदर हुन नसक्नु आदिका कारणहरुले उनीहरु जोखिममा पर्ने गरेको बताएका छन्।

घरेलु श्रमलाई व्यवस्थित गर्न न्युनतम पारिश्रमिक तोकिनु पर्ने, बिदा लगायतका सुविधा दिनु पर्ने जस्ता व्यवस्था गरेपनि प्राभावकारी कार्यनवयन हुन नसकेको संघसंस्थाको ठहर छ।

घरेलु कामदारको हकमा सरकारले उमेरको हदबन्दी लगाएर विभेद गरेको र हाल बन्द गर्नु पनि समस्याको समाधान नभएको बताएका छन्। वैधानिकरुपमा घरेलु काममा जान बन्द गर्दा अवैध रुपमा जान थालेकाले जोखिम बढेको संघसंस्थाले बुझाएको सुझावमा उल्लेख छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal