नागरिकतापछि लिंग परिवर्तन गर्नुभयो? फेरि लिनुस् अर्को नागरिकता!

- समय सन्दर्भ

काठमाडौं– कुनै व्यक्तिले नागरिकता लिँदा उल्लेख गरेको लिंग परिवर्तन गरेर दोस्रोपटक नागरिकता लिन पाउने भएको छ।

नेपाल नारिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै संसदको राज्य व्यवस्था समितिले लिंग परिवर्तन गरेर दोस्रोपटक नागरिकता लिन पाउने प्रावधान राख्न सहमति जुटाएको हो।

चिकित्सा विज्ञानले लिंग परिवर्नत गरेर महिलालाई पुरुष र पुरुषलाई महिला बनाइरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्ने गरी नागरिकता ऐनलाई समय सापेक्ष बनाउन लागिएको हो।

राज्य व्यवस्था समितिले विधेयकमा सहमति जुटेका विषय समेटेर तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले पछि लिंग परिवर्तन गरी परिवर्तित लैगिंक पहिचानसहितको नागरिकताको प्रमाणपत्र लिन लिंग परिवर्तन भएको प्रमाणसहित निवेदन दिएमा सम्बन्धित अधिकारीले आवश्यक सबुत प्रमाण बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र फिर्ता लिई सोको सट्टामा नाम तथा लैगिक पहिचनाको विवरण परिवर्तन गरी अर्को प्रमाणपत्र दिन सक्नेछ।’

त्यस्तै कुनै व्यक्तिले आफ्नो थर सच्याउन चाहे संशोधित नागरिकता ऐन लागू भएको एक वर्षभित्र सच्याउन पाउने विषयमा पनि समितिले सहमति जुटाएको छ ।

‘नागरिकताको प्रमाणपत्रमा रहेको जात जनाउने शब्दको सट्टा सो सामूदायका जनिने थर राख्न चाहेमा यो उपदफा प्रारम्भ भएको मितिले एक वर्षभित्र एक पटकको लागि तोकिए बमोजिम निवेदन दिन सक्नेछ, प्रतिवेदनमा भनिएको छ ।

समितिले बाबुको पहिचान नभएको उल्लेख गरेर लिइएको नागरिकतालाई पनि सच्याउन सकिने प्रावधान राखेको छ। यसअघि नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ‘बाबुको पहिचना नभएको’ भन्ने शब्दलाई ढड्डामा मात्र जनाउने गरी नागरिकताको प्रमाणपत्र लिने सकिने प्रावधान राख्न सांसदहरु एक मत भएका छन्।

विधेयकमा गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली वा नेपालमा बोलिने कुनै पनि भाषा जानेको हुुनुपर्ने व्यवस्था गरेको छ। संविधानले गैरआवासीय नागरिकलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ।

त्यसलाई अझ प्रष्ट पार्न सरकारले ‘राजनीतिक अधिकार बाहेकका’ आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार पाउने भन्ने उल्लेख भए पनि समितिले ‘राजनीतिक अधिकार बाहेकका’ भन्ने शब्द हटाउन सहमति जुटाएको छ।

समितिले २०६५ साल मंसिर १० गतेभित्र जन्मसिद्ध नागरिकता पाएका आमा बाबुबाट जन्मेका सन्तालने वालिग भएपछि वंशजको नागरिकता पाउने प्रावधानमा सहमति जुटाएको छ।

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन नहुने भन्द बहस भइरहेका बेला समितिले २०६५ साल मंसिर १० गतेभित्र जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजकै नागरिकता दिने निष्कर्षमा पुगेको हो ।

आमा नेपाली र बाबु विदेशीबाट जन्मेका सन्तानलाई अंगिकृत नागरिकता दिने गरी प्रतिवेदन तयार पारेको समितिका एक सदस्यले जानकारी दिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal