पशुपतिको पूर्वीढोका यसपालि तीजमा खुल्ने

काठमाडौं,  भाद्र १५। दुई दशकदेखि बन्द पशुपतिको पूर्वीढोका तीजको अवसरमा भक्तजनका लागि यसपालि खुल्ने भएको छ ।

उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । झङ्केश्वरीबाट पनि छुट्टै व्यवस्था गरिएको छ। मन्दिरको पश्चिम द्वारबाट  सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।

विगतमा जारी हुँदै आएको पङ्क्तिबद्ध हुन नपर्ने गरी मन्दिर प्रवेशको विशेष पास पनि यस पटक कसैलाई दिइएको छैन ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पङ्क्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ ।

जुत्ताचप्पललाई सहज रूपमा व्यवस्थापन गर्न सिर्जनशील युवा क्लबका स्वयंसेवक परिचालित गरिएको छ । सुरक्षाका लागि महिला प्रहरीलाई विशेष रूपमा परिचालन गरिएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal