शिवलिङमा भुलेर पनि नचढाउनुहोस् यि ७ चिज, होला अनिष्ट

- समय सन्दर्भ

देवताका पनि देवता भनेर चिनिने भगवान शिवको प्रिय महिना साउन प्रारम्भ भैसकेको छ। यो पुरै महिना प्रत्यक शिवालयमा भक्तजनको ठुलो भिड लाग्ने गर्दछ।

यसपाली पूर्ण ३० दिनको साउन महिना रहेको छ । भगवान शिवलाई बैरागी भनिन्छ त्यसैले आम जीवनमा प्रयोग गरिने वस्तु शिव भगवानलाई चढाइन्न । शिवलाई खुशी पार्न भाङ, धतुरो, चन्दन, दुध चढाउने गरिन्छ। भनिन्छ भगवान शिवको पूजा गर्दा शिव मात्र हैन सबै देवी देवता प्रशन्न हुने गर्दछन ।

पुराणका अनुसार शिवभक्तले यि वस्तु शिवलिङमा कहिले पनि चढाउनु हुँदैन –

हल्दी

शिवलिङमा हल्दी कहिले पनि चढाउन हुन्न । यो महिलाको सौन्दर्य बढाउन प्रयोग गरिने र भगवान शिव आँफैमा सुन्दर हुने हुँदा शिव भगवानको प्रतिक शिवलिङमा हल्दी कहिले पनि चढाउन हुन्न ।

कुमकुम

यो सौभाग्यको प्रतिक हो जबकी भगवान शिव बैरागी,  त्यसैले शिव भगवानलाई कुमकुम चढाइन्न।

टुक्रेका चामल

भगवान शिवलाई अक्षता अर्थात पूर्ण चामल अर्पित गरिने शास्त्रमा लेखिएको छ। टुक्रेका चामल अपूर्ण र अशुद्ध हुने हुँदा यसलाई शिवलिङमा चढाइन्न।

तुलसी (Basil)

शिव पुराण अनुसार युद्धमा हराउन जालंधरकी पत्नी तुलसीको पवित्रता भगवान विष्णुले भंग गरेका थिए। त्यसैले पतीको मृत्‍युले दुखी तुलसीले भगवान शिवलाई बहिष्कार गरेकी थिइन।

तिल

तिल भगवान विष्णुको मयलबाट उत्पन्न भएको मानिने हुँदा भगवान शिवलाई अर्पित गरिदैन।

केतकी

शिव पुराण अनुसार भगवान शिवले श्राप दिएका कारण केतकी फुललाई शिवजीको पूजामा प्रयोग गरिदैन ।

शंख जल

भगवान शिवले शंखचूड़ नामक असुरको वध गर्नु भएको थियो । शंख त्यही असुरको प्रतीक मानिन्छ जो विष्णु भगवानको परम भक्त थियो।त्यसैले विष्णु भगवानको पूजामा शंख प्रयोग गरिन्छ , भगवान शिवकोमा होइन।

नरिवल पानी

नरिवल देवी लक्ष्मीको प्रतीक मानिन्छ जसको सम्बन्ध भगवान विष्णुसँग छ त्यसैले शिवजीलाई चढाइन्न ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal