जलवायु परिवर्तनबारे स्थानीय तहमा नेटवर्क परियोजना

- समय सन्दर्भ

काठमाडौँ, चैत १९ गते । स्थानीय तहमा जलवायु परिवर्तन, विकासका अन्तरसम्बन्ध, प्रभाव र असरसम्बन्धी ज्ञान, अनुभव तथा असल सिकाइ आदानप्रदान गर्ने उद्देश्यले नेटवर्क परियोजना शुरु गरिएको छ । नेपाल नगरपालिका सङ्घको आयोजनामा भएको ‘क्लाइमेट एण्ड डेभलपमेन्ट नलेज नेटवर्क’ परियोजना कार्यक्रममा जलवायु परिवर्तन व्यवस्थापनका लागि स्थानीय तहहरुमा भएका असल अभ्यास तथा सूचना प्रवाह गरिने बताइएको छ।

सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले दिगो विकास लक्ष्य पूरा गराउन स्थानीय तहमा विकासका विश्वव्यापी अभ्यास र असरका विषयमा ज्ञान हुन जरुरी रहेको बताउनुभयो । “स्थानीय विकासका लागि पहिचान गरिएका विकासका आवश्यकता पूरा गर्दा यसका अन्तरसम्बन्ध पनि हेर्नुपर्छ, अनि मात्र विकास दिगो विकास लक्ष्य पूरा हुन्छ”, श्रेष्ठले भन्नुभयो।

कार्यक्रममा काठमाडौँ महानगरका उपप्रमुख हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका मानिसमा सिधा र प्रत्यक्ष असर पर्ने बताउँदै यस्ता समस्यासँग जुध्न साझा बुझाइ र साझा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले वातावरणमैत्री स्थानीय शासन कार्यक्रम नेपालमा सफल र अनुकरणीय रहेकाले सरकारले यी कार्यक्रम एकद्वार नीतिबाट कार्यान्वयन गर्न चाहेको जानकारी गराउनुभयो।

कार्यक्रममा नेपालका महिलाले कृषिमा भोगिरहेका समस्या र समाधान खोज्न गरिएको प्रयासलाई दृश्य कथामा तयार पारिएको सामग्री ‘फारमर्स अफ द फ्युचर’ प्रस्तुत गरिएको थियो । त्यस्तै ‘जलवायु परिवर्तन ज्ञान एजेन्ट’ ‘लैङ्गिक समानता र समाजिक समावेशीकरण’ ‘पानी, खाना र ऊर्जा’लगायत विषयमा सामूहिक छलफल र प्रस्तुतिकरण गरिएको थियो।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal