सल्यानका बिभिन्न सामुदायिक बनमा डढेलो-दुईजनाको मृत्यु

वैशाख  २९, आइतवार । बिभिन्न सामुदायिक बनमा लागेको डढेलोका कारण सल्यानमा  दुईजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाको सामुदायिक वनमा लागेको आगोबाट दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले शनिवार विहान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ स्थित भूवनेश्वरी सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर सिमपानी निबासी ६५ बर्षीय पेन्टी बोहराको मृत्यु भएको जानकारी दिए । वनको आगो निभाउने क्रममा स्थानीय ४० बर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन । उनको जिल्लाको उपचारपछि थप उपचारका लागि बाँके जिल्लामा रेफर गरिएको जिल्ला प्रहरी प्रबक्ता पंचलाल गोलेले जानकारी दिए ।

जिल्लाको शारदा नगरपालिका ९ दुवेरी टोल निवासी अन्दाजी ६३ बर्षीय गोर्बधन पुनको पनि वनमा लागेको आगोको कारण मृत्यु भएको छ । काफलखोली सामुदायिक बनमा शुक्रबार बेलुका पुनको शव डढेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक गोलेले बताए।

प्रहरीले पुन बैशाख २४ गते घरबाट गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा जान भनि गएको र त्यही क्रममा वनको डढेलोमा परेर मृत्यु भएको बताएको छ ।

त्यस्तै सामुदायिक बनमा लागेको आगो बस्तीमा सल्किदा छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउपालिकामा  एक दर्जन जति घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal