अज्ञात रोगले हुम्लामा ८ जनाको मृत्यु

- समय सन्दर्भ

हुम्ला, वैशाख १४ । एक हप्तामा हुम्ला जिल्लाको दक्षिणी क्षेत्र ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्युको कारण पत्ता नलागे पनि सिजनल फ्लुको आशंका गरिएको छ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीका अनुसार छाती दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षणहरु बिरामीमा देखिने गरेको र त्यस लगत्तै मृत्यु हने गरेको छ।

मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको अधिकृत शाहीले बताउनु भयो । बिरामी परेको दुई देखि एक हप्तामा मृत्यु भएको उहाँले बताउनु भयो । यसरी मृत्यु हुनेमा कुशुम रिठ्याल, सुरजित खड्का, रंगे कोली, सुनकेसा सुनार, अम्मकली मल्ल, बजिरे सुनार, लक्ष्य सुनार र दश महिनाका बालक सन्जिव थापा रहेको उहाँले बताउनु भयो । यी मृतक वडा नम्बर एक, दुई र तीनका रहेका छन् । मृत्यु हुने दश महिने एक बालक भए पनि अरु सबै पचास वर्ष भन्दा माथिका रहेका छन् । अहिले बिरामीको चाप स्वास्थ्य चौकीमा बढेको छ। गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पनि सबै वडामा परिचालन गरेको उहाँले बताउनु भयो । औषधी पनि अभाव रहेको स्थानीयले गुनासो गरेका छन् ।

अब अज्ञात रोग फैलिएको आशंका गरिए पछि औषधीको अभाव हुन नदिन गाउँपालिका लागि परेको शाहीले बताउनु भयो । यसका लागि जिल्ला र प्रदेश सरकारसंग विशेषज्ञ चिकित्सक सहितको टोली गाउँमा ल्याउनका लागि पत्राचार गरिएको र प्रदेश सरकारको स्वास्थ्य महाशाखाबाट औषधी सहित चिकित्सकको टोली गाउँमा आउने तयारी भइ रहेको उहाँले बताउनु भयो । उक्त टोलीले ताँजाकोट र अदानचुलीमा स्वास्थ्य शिविर पनि संचालन गर्ने भएको छ ।

यता स्वास्थ्य कार्यालय पनि नयाँ खबर आउन वित्तिक्कै औषधी, चिकित्सक सहित टोली जाने तयारीमा रहेको कार्यक्रम सम्पर्क व्यक्ति लबी रावतले बताउनु भयो । ताँजाकोट सिमकोटबाट चार दिन पैदल लाग्ने गरेको छ।

-गोरखापत्र

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal