बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

बाँके, मंसिर १९ ।  बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै  निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले जानकारी गराउनुभयो ।

दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्ष २०२० लाई लक्षित गरी जङ्गल सफारीलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । निकुञ्जले यहाँका जनप्रतिनिधिलाई जङ्गल सफारी गराएर सफारी खुला गरिएको छ ।

प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’, उषा पुन, संविधानसभाका पूर्वसदस्य देवराज भार, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारू, कोहलपुर नगरपालिकाका कार्यवाहक प्रमुख सञ्जुकुमारी थारू, बैजनाथ, कोहलपुर र राप्तीसोनारी गाउँपालिकाका वडाध्यक्षले निकुञ्ज अवलोकन गर्दै भ्रमण वर्षमा बाँके निकुञ्जमा जङ्गल सफारीका लागि सामूहिक अनुरोध गर्नुभएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज नजिकका गाउँमा यहाँको स्थानीय परिकार खान पाइन्छ । सफारीको व्यवस्थापन घरवास सञ्चालकले नै गरिदिने गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । बाँके निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरेपर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ ।

जङ्गल सफारीमा बाघ, चौका, बँदेलजस्ता वन्यजन्तु देख्न सकिन्छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal