प्रदेश ५ सरकारद्वारा ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को घोषणा

बैशाख २६। प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष – २०७६’ मनाउने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउ लागेको हो  भ्रमण वर्षको मूल नाराको ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने  रहेको छ।

भ्रमण वर्ष आगामि जेष्ठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कार्यक्रम अनुसार, सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्बिनी भ्रमण वर्षको निम्तो दिनेछ । लुम्बिनी फुड फेष्टिबल,धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन तथा शिविरहरु पनि सञ्चालन हुनेछन ।

आन्तरिक पर्यटन प्रबर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए। साथै ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्विनी भ्रमण वर्षले सहयोग पुर्‍याउने तर्क दिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal