पुर्वी रुकुमको लुकुम स्मार्ट कृषिगाउँ बन्ने

- समय सन्दर्भ

रुकुम, १८ बुधवार । पुर्वी रुकुमको भुमे गाउँपालिका–१ अन्तर्गतको लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ।  स्मार्ट कृषिगाउँ बनाउन प्रदेश नं ५ सरकारले चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा लुकुमलाई छनोट गरिएको हो।

स्मार्ट कृषिगाउँका लागि छनोटमा परेको लुकुममा स्मार्ट भेँडापालन सञ्चालन हुने बताइएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषिगाउँअन्तर्गत यहाँ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशसभा सदस्य तेजबहादुर वलीले बताए।

प्रदेश सरकारले त्यसका लागि रु ६० लाख बजेटसमेत विनियोजन गरिसकेको उनले बताए। स्थानीयसँगको साझेदारीमा लुकुमलाई स्मार्ट कृषि गाउँ बनाउने प्रक्रिया थालिएको हो। परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीलाई उपयोग गर्ने गरी कार्यक्रमको अवधारणा अघि सारिएको प्रदेशसभा सदस्य वलीले बताए।

कार्यक्रममार्फत यहाँका धेरैभन्दा धेरै किसानलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ। कृषिमा व्यावसायीकरण र यान्त्रिकीकरण गर्नलाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाइएको उनले बताए।

कार्यविधिअनुसार सरकारले गरेका लागानीमा किसान आफैँले पनि थप २० प्रतिशत लगानी गर्नुपर्ने छ। कार्यविधिमा प्रदेश सरकारले बजेट तथा प्राविधिक खटाउने छ भने स्थानीयवासीले पनि योगदान गर्नुपर्ने छ। सरकारले भेँडापालनका लागि आफ्नो गाउँलाई स्मार्ट क्षेत्र बनाउन थालेपछि स्थानीयवासी खुशी भएका छन्।

आफूहरुको दैनिकी परिवर्तन गर्न सरकारले सहयोग गर्न थालेको स्थानीय रामकुमार पुनले बताए। परम्परागत शैलीमा गर्दै आएको पेशालाई आधुनिक र व्यवस्थित गर्न उक्त कार्यक्रमले आफूहरुलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

भेँडापालनबाट मासु तथा कपडा उत्पादन गरेर यहाँका किसानले आर्थिक उपार्जन गर्दै आएका छन्। मासुका साथै भेँडाको ऊनबाट कम्बल, कामलो, कोट, टोपी, स्वीटरलगायतका सामग्री निर्माण गर्दै आएका छन्। स्मार्ट कृषिगाउँ भएपछि बजारीकरणमा समेत सहयोग पुग्ने अर्का स्थानीवासी रामकुमार बुढाले बताए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal