विदेशिनेक्रम बढ्नाले गाउँमा युवाशक्ति पातलिँदै

रुकुम (पूर्व), चैत २५ गते ।  राहदानी बनाएर तेस्रो मुलुक जानेको सङ्ख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनाँै युवा विदेशिइरहेका छन् ।

जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन् । कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन् । देशमै रोजगारको सिर्जना नहँुदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन् ।

जिल्लाका युवाको ठूलो हिस्सा श्रमका लागि अमेरिका पुगेका छन् । खाडी मुलुक साउदी, कतार, मलेशियालगायतका देशमा जाने युवाको जमातसमेत उत्तिकै छ । वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन् । खेतीपातीको काम पनि निकै प्रभावित भएको छ ।

गाउँमा जनशक्ति नहँुदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन् । मन्त्रिपरिषद्को बैठकले रुकुम (पूर्व)लाई गत वर्ष भदौ ५ गते छुट्टै जिल्लाको रूपमा मान्यता दिएको थियो भने असोज १९ गते जिल्ला प्रशासन कार्यालयलगायत अन्य कार्यालयको उद्घाटन गरिएको थियो । यस अवधिमा कार्यालयको तथ्याङकअनुसार एक हजार ९५५ ले राहदानी लिएका छन् । यस आर्थिक वर्ष सकिने बेलासम्म जिल्लाबाट राहदानी लिनेको सङ्ख्या दुई हजार ५०० नाघेको अनुमान कार्यालयले गरेको छ ।

विदेश जाने अधिकांश २० देखि ३५ वर्ष उमेरसमूहका युवा रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको सङ्ख्यासमेत बढेको छ”, प्रजिअ शर्माले भन्नुभयो, “जिल्ला प्रशासनको तथ्याङ्कअनुसार २०७४ मा एक हजार १२७ ले राहदानी बनाएका छन् । यस वर्षको फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ८२८ ले राहदानी लिएका छन् ।” कार्यालयबाट दैनिक आठ देखि १० जनाले राहदानी लिने गरेको उहाँको भनाइ छ । जिल्लाबाट महीनामा २५÷३० को सङ्ख्यामा राहदानी बनाएर काम खोज्दै अन्य मुलुक जाँदा गाउँ सुनसान बन्दै गएको हो ।

युवा पलायनको योे दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ । चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । सिस्ने गाउँपालिकाका स्थानीयवासी भाष्कर रेउलेले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेको बताउनुभयो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal