प्रदेश ५ सरकारद्वारा लुम्बिनी भ्रमण वर्ष २०७६/७७ को कार्यक्रम सार्वजनिक

भैरहवा, चैत २४ गते । बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६÷७७ का कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माण गर्न सकिने अपेक्षा गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६÷७७ मूल समितिको बैठकले प्रदेश सरकारका तर्फबाट तयार गरिएको भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी स्वीकार गरेको छ ।

त्यस्तै भ्रमण वर्ष सञ्चालनका लागि मूल समितिले स्वीकार गरेका सम्पूर्ण कार्यक्रम सञ्चालनका लागि कार्यकारी समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्नेसमेत निर्णय गरेको छ । कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी रहनुहुने छ । यस्तै भ्रमण वर्षको मूल समितिमा विभिन्न क्षेत्रका विज्ञ, समाजका प्रतिष्ठित र साहित्यिक क्षेत्रका २१ व्यक्तिलाई थप गरिएको छ । लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार लुम्बिनीमा वार्षिक करिब १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आएका छन् ।
उक्त बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मूल समितिका अध्यक्ष शङ्कर पोखरेलले लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रमा अहिलेसम्म व्यावसायिक रूपले आकर्षित गर्ने योजना बन्न नसक्नु एवं स्थानीय समुदायलाई पर्यटनमैत्री बनाउन नसक्दा लुम्बिनीमा पर्यटकीय विकास तथा प्रभाव स्थापित हुन नसकेको बताउनुभयो ।

उहाँले भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले ऐतिहासिक सम्पदाको उचित ढङ्गले संरक्षण हुन नसक्दा नष्ट हुँदै गइरहेकाले भ्रमण वर्षले महìवपूर्ण सम्पदालाई आफ्नो सम्पत्तिका रूपमा संरक्षण गर्ने विषय स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा अझै पनि भ्रमण संस्कृतिको विकास हुन नसकेको चर्चा गर्दै सम्पदालाई पर्यटकीय प्रवद्र्धनसँग जोड्ने विषयमा देखिएको कमजोर अवस्थामा सुधार ल्याउन सक्नुपर्ने बताउनुभयो । भ्रमण वर्ष २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन सुरु गरी ०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ । भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ ।
कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु. चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महìवका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताउनुभयो ।

उहाँले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको बताउँदै पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महìवपूर्ण हुने बताउनुभयो । विश्व शान्तिको प्रतीक मानिने लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महìवपूर्ण क्षेत्र भएकाले विश्वका विभिन्न देशका पर्यटक बर्सेनि भ्रमण गर्न आउँछन् ।

-गोरखापत्र

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal