दमकल किन्दै पाँचखाल नगरपालिका

- समय सन्दर्भ

पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।’

नगरको चालू आर्थिक वर्षमा २१ लाख ७५ हजार वडाध्यक्षका लागि मोटरसाइकल खरीद गर्न बजेट छुट्याइएको थियो । त्यस बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करीब ७१ लाखमा दमकल खरीद गरिने नगरप्रमुख खरेलले जानकारी दिए ।

नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने प्रक्रियामा सबै वडाध्यक्षले सहयोग गरेको सात नम्बरका वडाध्यक्ष पुष्कर ढकालले बताए ।

उनले यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्नुपरेको जानकारी दिए । गतसाल नगर प्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको ४५ लाख तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal