प्रदेश सहकारी विद्येयकबारे बहस

- समय सन्दर्भ

‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । प्रदेश नं–१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३ (२) बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा जोड दिए ।

सदस्य जयराम यादवले सहकारी देश निर्माणको मेरुदण्ड भएकाले यसलाई श्राप दिनुभन्दा यो विधेयकलाई अझ राम्ररी बनाउने प्रयत्न गर्नुपर्ने बताए । सदस्य राजकुमार ओझाले बैंक नपुगेको स्थानमा सहकारीले क्रृण लगानी र बचत गर्ने कार्य गरी जनताका जीवनस्तर उकास्ने काम गरिरहेको चर्चा गरे ।

सदस्य रामबहादुर मगर सजिलैसँग आर्थिक कारोवार गर्न सहकारीले घर÷घरमा रोजगारी दिएको, आर्थिक क्रियाकलाप बढेकाले यो विधेयक सहकारी र यसका अङ्शियारलाई हित हुने किसिमको विधेयक आउनुपर्ने बताए ।

सदस्य सौभाग्यवतीदेवी राईले प्रजातान्त्रिक विशेषता र समाजवाद उन्मुख सहकारीमा लिङ्ग, जाति, वर्गको विभेद नरहेको चर्चा गरिन् । सदस्य श्रीप्रसाद मैनालीले सहकारीबाट अहिले देशभरमा रु एक खर्ब ८५ अर्ब भन्दा बढी लगानी, ६० हजार जनालाई रोजगारी र ५२ लाख अङ्शियार रहेको प्रदेश सहकारी ऐनलाई चुस्त, दुरुस्त बनाउन विषयगत समितिमा लगेर विज्ञबाट छलफल गराएर मात्र ऐनलाई पूर्णता दिनुपर्ने बताए ।

यसअघि प्रदेशसभाको आजको बैठकको विशेष समयमा सदस्य शिवनारायण गनर्गांइले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताले नेपाली जनता अझ स्पष्ट हुन नसकेकाले सरकारले जनतालाई आश्वस्त पार्न आग्रह गरे । उनले स्वतन्त्र न्यायालयको गरिमा खस्किन नदिन सरकार गम्भीर हुनुपर्ने बताए । प्रदेशसभाको अर्को बैठक आगामी चैत ४ गते दिउंँसो १ बजे बस्नेछ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal