कांग्रेसको अवस्था दिनानुदिन कमजोर हुँदैछ- अर्जुननरसिंह केसी

- समय सन्दर्भ

काठमाडौं-पार्टीभित्रको अन्तरद्वन्दका कारण कांग्रेसको अवस्था दिनानुदिन कमजोर बन्दै गएको कांग्रेसका केन्द्रीय नेता अर्जुननरसिंह केसीले बताएका छन्।

विराटनगरमा नेपाल प्रेस यूनियन मोरङ शाखाद्वारा आयोतिज पत्रकार सम्मेलनका क्रममा नेता केसीले कमजोर बन्दै गएको पार्टीभित्र आन्तरिक एकता अत्यन्त आवश्यक रहेको स्पट पारे।

उनले पार्टी नेतृत्वमा देखिएको असहमतिलाई विश्राम दिदैं एकतामा जोड दिनुपर्ने उल्लेख गरे। नेता केसीले पार्टी भित्रको अन्तरद्धन्दले कांग्रेस कमजोर हुदै गएकाले नेतृत्वतहले विधान अनुसार पार्टीअघि वढाउनुपर्ने जोड दिए।

विगतका निर्वाचनमा कांग्रेसको पराजयप्रति नेता केसीले भने, “कांग्रेस संगठिन नहुदाँको परिणाम निर्वाचनले स्पस्ट पारेको छ।त्यसले एक हुनुको विकल्प अन्य छैन।’

निर्धारित तोकिएको समयसीमामा १४ औं महाधिवेशन हुनुपर्नेमा जोड दिएका नेता केसीले भने, “अब पार्टीपंक्ति विभिन्न बहानामा महाधिवेशनलाई तर्काउने खेलमा लाग्नुहुदैन। महाधिवेशन भनिएको समयमै हुनुपर्छ। जसले पार्टीलाई उचित निकास दिनेछ।’

महाधिवेशनमा सभापति प्रत्यासी भनिरहनु भन्दा पनि आउँदो चारवर्षभित्र कांग्रेसलाई पहिलोपार्टी बनाउनेतर्फ सक्रिय हुनुपर्ने नेता केसीको भनाइ छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal