अब परिवर्तनको अनुभूति दिलाउँछौं–वनमन्त्री बस्नेत

- समय सन्दर्भ

बर्दिया– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले एक वर्षको अवधीमा जग निर्माणको काम सम्पन्न गरेको बताएका छन्। सरकार जग निर्माणमा लाग्दा जनताले अपेक्षा गरेजस्तो परिवर्तन अनुभूति गर्न नपाएको भन्दै अब परिवर्तनको अनुभुति दिलाउने बताए।

चोरीशिकार नियन्त्रण तथा युवा परिचालन अभियान राष्ट्रिय दिवस–२०७५ को अवसरमा आइतबार बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले बलियो जग बनाएको दाबी गरे।

मन्त्री वस्नेतले भने, ‘कतिपयले सरकार कता हरायो, के काम गर्यो भनेर आलोचना गरिरहेका छन्, म भन्छु सरकार कतै हराएको छैन्, सरकारले बलियो घर बनाउन जग निर्माणको काम सम्पन्न गरेको छ, अब छिट्टै जनताले अनुभुति नै गर्न पाउने गरी परिवर्तन हुन्छ ।’
उनले देशमा राजनीतिक व्यवस्था बदलिएको भन्दै अब गरिविको अन्त्यको लागी लाग्नुपर्ने बताएका छन् ।

जनताको सहभागीतामा देशको व्यवस्था परिवर्तन भएको भन्दै मन्त्री बस्नेतले सरकारले गाउँ,समाज र जनताको जीवन बदल्ने गरी काम सुरु गरेको दाबी गरे ।

‘म तपाईहरुलाई धैर्य रहन आग्रह गर्छु, सरकारले केही समयमै व्यवस्था परिवर्तन भएपछि के हुन्छ त्यसको अनुभुति गराउँदैछ’, मन्त्री बस्नेतले भने।

उनले निकुन्जलाई मध्यवर्ती क्षेत्रको समस्याका रुपमा नहेर्न स्थानीयलाई आग्रह गर्दै यसलाई सरकारले समृद्धिको आधार बनाएर नै छोड्ने बताए ।

मन्त्री बस्नेतले भने ‘वन्यजन्तुका कारणले तपाईहरुले दुःख पायौं भन्ने दिन जाँदैछन्, अब वन्यजन्तुको संरक्षण गर्ने मात्र होईन यसबाट तपाईहरुले लाभ लिने गरी हामी नीति बनाउँदैछौं।’

नेकपा स्थायी समिति सदस्य समेत रहेका मन्त्री बस्नेतले जैविक विविधताको संरक्षणमा सरकार लागिरहेको भन्दै त्यहाबाट हुने लाभको फाईदा मध्यवर्ती क्षेत्रका बासिन्दालाई हुने बताए ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य सत्या पहाडीले स्थानीय सहभागितामा जैविक विविधताको संरक्षण र चोरी शिकारी नियन्त्रण हुनु सराहनीय कदम भएको बताईन् ।

पुर्वमन्त्री समेत रहेकी नेकपा नेतृ पहाडीले युवाहरुलाई देशको समृद्धीसँग जोड्न वर्तमान सरकारले पहल गरिरहेको दाबी गरिन् । उनले युवाको सहभागीताबिना कुनै पनि देशको विकास सम्भव नभएको धारणा राखिन्।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal