झडपमा बाँके काँग्रेस जिल्ला पार्टी सभापतिको हात भाँच्चियो-कार्यकर्ताद्वारा विपी चोकमा प्रदर्शन

- समय सन्दर्भ

नेपालगन्ज, भाद्र २७ । विहीवार अपरान्ह काँग्रेसको एउटा कार्यक्रममा एक हुल युवाहरुले हस्तक्षेप गर्दा भएको झडपमा जिल्ला पार्टी सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । कोइरालाको नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उपचार गरिएको थियो ।

काँग्रेसले आफ्नो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ । यसको विरोधमा शुक्रवार विहानै देखि काँग्रेसका कार्यकर्ताहरुले नेपालगन्जको विपी चोकमा प्रदर्शन गरिरहेका छन् ।

खजुरा गाउँपालिका – ३ सितापुरमा विहीवार आयोजित राष्ट्रिय जागरण अभियानमा स्थानीय युवाहरुको भिडले काँग्रेस कार्यक्रम स्थलमै हस्तक्षेप गरेका थिए । हस्तक्षेपकारीहरुलाई काँग्रेसले सत्तारुढ नेकपाका कार्यकर्ता भनेको छ । नेकपाले हस्तक्षेपमा आफ्ना कार्यकर्ता संलग्न भएको भने स्वीकार गरेको छैन ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal