रोकियो नेकपाको सांगठनिक एकता प्रक्रिया

काठमाडौं। एकता भएको ११ महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेको नेकपाले अन्य सांगठानिक एकता प्रक्रियालाई भने निष्कर्षमा पुर्‍याउन सकेको छैन।

वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउने बढाउने बताएपनि हालसम्म एकता प्रक्रिया सुरु हुन सकेको छैन्। योबीचमा एकता प्रक्रियालाई अगाडि बढाउन भन्दै दुई पटक सचिवालय बैठक बसिसकेको छ। तर, बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन।

सचिवालयले जिल्ला कमिटीको पूर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो।

यही बीचमा सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याएपछि सरकार र नेताहरुको ध्यान नीति कार्यक्रम र बजेटमा केन्द्रित हुन थालेकाले बाँकी सांगठनिक एकताको काम झन प्रभावित हुने भएको छ। नीति तथा कार्यक्रमप्रति स्वयं नेकपाका सांसदहरुले नै असन्तुष्टि जनाउन थालेका छन। यस्तो अवस्थामा तत्काल बाँकी संगठनिक एकताको काम अगाडि नबढ्ने एक नेताले जनाए।

नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यको छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन।

जिल्ला अध्यक्ष र सचिवको चयन भएपछि जिल्लामा काम गर्न दुई जनालाई मात्र कठिनाई भएको छ । पोलिटब्यूरो गठनको काम अगाडि बढ्न सकेको छैन भने पार्टी एकता भएको एक वर्ष पुग्न लाग्दा समेत ४४१ जना केन्द्रीय सदस्यहरुको कार्यविभाजन भएको छैन। ७ सय ५३ स्थानीय कमिटीले पनि पूर्णता पाउन सकेका छैनन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal