कांग्रेसमा १८२ विभाग नेतृत्वविहीन

काठमाडौं,  बैशाख १७ । हिजो सोमबार सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्वोधन क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाउँदै जनतामा निरासा छाएको बताए।  देउवाले सरकारले १४ महिनामा देखाउन लायक र जनतालाई आशा जगाउने गरी एउटा पनि काम गर्न नसकेको आरोप लगाउदै, यही नै जनातामा निरासा छाउनुको कारक भएको बताए ।

देउवाले प्रधानमन्त्रीले समृद्धिको यात्रामा मुलुकलाई अगाडि बढाउने ऐतिहासिक अवसरलाई खेर फालेको टिप्पणी पनि गरे। संसदमा उभिएर देउवाले सरकारको चर्को विरोध गरेपनि पार्टीभित्र भने देउवाको पनि त्यसैगरी आलोचना हुने गरेको छ।

१३औं महाधिवेशन सम्पन्न भएको तीन वर्ष पूरा भइसक्दासमेत कांग्रेसका केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागलाई नेतृत्वविहीन छन विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि प्रदेशसम्मका नेताहरू जिम्मेवारीबाट जिम्मेवारी विहीन छन्। कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १८२ विभाग रहने व्यवस्था छ।

विधान अनुसार गर्नुपर्ने काम नगरेको तर, बहुमतको आधारमा एकपछि अर्को गलत कदम चालेको भन्दै संस्थापन इतर पक्षले सभापतिको चर्को विरोध गर्ने गरेका छन्।

७७ जिल्ला मध्ये ५६ जिल्लाका जिल्ला सभापतिको भेलाले विधान विपरित बहुमतको आधारमा गरिएका निर्णय नसच्याउने हो भने विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन्। कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरे विशेष महाविधेशन बोलाउनुपर्ने उल्लेख छ।

‘संसदमा उभिएर सभापतिजीले सरकारको आलोचना गर्नु भयो। त्यो प्रमुख प्रतिपक्षको धर्मपनि हो,’ एक नेताले भने, ‘तर उहाँले संसदमा उठाएकै जस्तै विषय पार्टीभित्र पनि छन्। ती विषयमा पनि उहाँको ध्यान जाने हो भने पार्टी गतिशील बन्छ।’

पछिल्लो समयमा कांग्रेस आन्तरिक गुटबन्दीको शिकार बन्दा पार्टीका धेरै निकाय गठन हुन सकेका छैनन्। त्यसमा पनि कांग्रेसभित्र झाँगिदै गएको भागवण्डाको राजनीतिले विभाग गठनमा ढिलाइ हुँदै गएको छ। यतिबेला कांग्रेसमा देखिने गरी तीनवटा गुट छन्। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले गुटगत राजनीति गर्दै आएका छन्।

पछिल्लो समय सभापति देउवाले विभाग गठनका विषयमा वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग छलफल थालेका छन्। तर भागवण्डाका कुरा मिलिरहेको छैन।

पार्टीभित्र अब विभाग गठन गर्नुभन्दा महाधिवेशमा केन्द्रित हुनुपर्ने आवाज उठ्न थालेको छ। महाधिवेशन हुन एक वर्षमात्र बाँकी रहँदा विभाग गठन गरेपनि त्यसले काम गर्न नसक्ने भन्दै महाविधेशनमा केन्द्रित हुनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ।

विधानअनुसार केन्द्रीय विभागमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिका सदस्य विभागको प्रमुख रहने उल्लेख छ। यस्तै केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरू मनोनीत गर्ने व्यवस्था छ।

विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुपर्नेछ भने मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिइनुपर्ने उल्लेख छ। कांग्रेसको २० देखि २३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal