मापसेपछि लापसे : सडकमै ड्रग युरिन टेस्ट

- समय सन्दर्भ

सिमरा : मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कडाई गर्दै आएको प्रदेश २ को ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि लागू पदार्थ सेवन (लापसे) गर्ने चालकमाथि कारबाही सुरु गरेको छ ।

लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्या बढिरहेको गुनासो आएपछि त्यसको नियन्त्रणका लागि पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच सुरु गरेको हो ।

चालकले लागू पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन ट्राफिक प्रहरीले सडकमै ड्रग युरिन टेस्ट सुरु गरेको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रिपेन्द्र सिंहले जानकारी दिए । सडकमै चालकको पिसाब संकलन गरी किटबाट जाँच गर्ने र सेवन गरेको पाइएमा तत्कालै कारवाही गरिने प्रवक्ता सिंहको भनाइ छ ।

मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालक लागू पदार्थ सेवन गर्न थालेको सिंहको भनाइ छ । ‘ब्रेथलाइजरबाट लागू पदार्थ सेवन गरेको पत्ता लाग्दैन्’, उनले भने, ‘त्यसैले लापसे गर्नेको संख्या बढेको देखियो ।’ सिंहले अब मापसे र लापसे जाँच सँगै हुन बताए ।

लापसे जाँचको सुरुवात गर्ने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायत सहभागी थिए ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal