निर्णय फिर्ता नलिए रेलसेवा रोक्ने धम्की

- समय सन्दर्भ

काठमाडौं । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्फत आउने कन्टेनर सीधै सीमावर्ती नाकामा आउने भएपछि कोलकाताका ढुवानी व्यवसायी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् । भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी)ले नेपाली मालवस्तुको ढुवानीमा कोलकाता बन्दरगामा कागजी प्रक्रिया हटाउने तयारी गरेसँगै उनीहरू आन्दोलित भएका हुन् ।

कोलकाता बन्दरगाह भन्सारले आगामी फागुन ३ गते (फेबु्रअरी १५) देखि नेपालका लागि रेलमार्फत हुने ढुवानीमा कागजी प्रक्रिया हटाउने पत्राचार गरेसँगै व्यवसायी आन्दोलनमा उत्रिएका छन् । अनलाइनमा आधारित इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू गरेर तत्कालका रेलमार्गबाट हुने ढुवानीमा बन्दरगाहको कागजी प्रक्रिया हटाएपछि व्यवसायमा धक्का लाग्ने देखेर व्यवसायी विरोधमा उत्रिएका हुन् ।

कोलकाताका नेपाली आयातकर्ताका एजेन्ट र ढुवनीकर्ताले बुधवार कोलकाता पोर्टमा धर्ना दिएका छन् । भारत–नेपाल ट्रक एन्ड टेलर अनर्स एशोसिएशनको आ≈वानमा व्यवसायी मंगलवारदेखि नै आन्दोलनमा उत्रिएका छन् ।

सीबीआईसीले निर्णय फिर्ता नलिए फागुन ३ गतेदेखि रेलसेवा नै रोक्ने धम्की एशोसिएशनले दिएको छ । ढुवानी व्यवसायी र एजेन्टले रेलसेवा रोक्ने चेतावनीसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । तत्काल निर्णय फिर्ता नलिए नेपालका लागि हुने ढुवानी ठप्प पार्ने धम्की उनीहरूले दिए ।

नेपाल–भारत कस्टम हाउस एजेन्ट एशोसिएशन (नेचा)ले मंगलवारदेखि ४ दिनका लागि नेपालको ढुवानीको कुनै पनि चलान नकाट्ने, रेलवे सेवाप्रदायक कोन्करलाई कन्टेनर फर्वार्ड नगर्ने, ढुवानी बुक नगर्नेलगायत ६ बुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । नेचाले सो कार्यक्रम भने स्थागित गरेको छ । बिहीवार कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले एजेन्टलाई वार्ताका लागि बोलाएको महावाणिज्यदूत एकनारायण अर्यालले आर्थिक अभियानलाई जानकारी दिए ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal